Search
Close this search box.
Search
Close this search box.

विश्व पर्यटन दिवसमा एक साथ ७२३ भारतीय धार्मिक पर्यटक नेपालमा

विश्व पर्यटन दिवस सन्दर्भमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन् ।

उनीहरू लुम्बिनीमा जानकी मन्दिरको दर्शनपछि असोज ९ गते मंगलबार काठमाडौं आएका हुन् ।

EPIC

७२३ भारतीय धार्मिक पर्यटकहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन् । भारतीय धार्मिक पर्यटकहरू नेपालका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्ने छन् ।

भारतीय धार्मिक पर्यटकलाई भारतको धनश्याम ट्राभलमार्फत नेपालका प्रसिद्ध धार्मिक स्थलहरू लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौं उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको रहेको छ ।

यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए । त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् । भारतीय धार्मिक पर्यटक व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरूमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले बताए ।

त्यस्तै, भारतीय धार्मिक पर्यटक राजेन्द्र ठकरले ७२३ यात्रुहरूलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन गर्न आएको बताए ।उनले नेपाल प्राकृतिक र धार्मिकरूपमा सुन्दर रहेको पाएको बताए । उनले नेपालमा १३ दिनको धार्मिक यात्राको लागि आएको बताउँदै नेपाल पर्यटकीय हिसाबमा धेरै राम्रो रहेको बताए । उनले भारतदेखि ५२ वटा सवारी साधनमा यात्रुहरू रहेको बताए ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन ४ लाख ७६ हजार ४८१ जना आएका छन् भने पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् ।

यो महिनामा महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन आएका छन् । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ । -रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *