बुद्धशान्ति । बुधबारे जेसीज र एम्बिसन एकाडेमिले विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली सम्पन्न गरेको छ। स्थानीय एम्बिसन एकाडेमीका ४८ जना बिद्यार्थीहरुले साइकलमा झन्डै ११ किलोमीटर यात्रा तय गर्दै बजार परिक्रमा गरेका थिए ।
इन्धनको बढ्दो प्रयोगले वायुमण्डल प्रदुषण भएको भन्दै बिद्यार्थीहरु मार्फत समाज परिवर्तनको सन्देश दिन खोजिएको बुधबारे जेसिजका मानर्थ सदस्य एव बिधालयका प्रिन्सिपल दिपेन सिटौलाले बताए। र्यालिमा निसक्नु पुर्व इलाका प्रहरी कार्यलयका सह इन्जार्च र ट्राफिक प्रहरी बुधबारेका इन्चार्जले आतिथ्यता ग्रहण गर्दै ट्राफिक नियमबारे जानकारी दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले विद्यार्थीहरुलाई वातावरण सरसफाइबारे प्रकाश पारेका थिए।
उनले भने, “हामीले हाम्रो वातावरण सफा राख्न सकेमात्रै हामी हरेक क्षेत्रमा अघि बढ्न सक्छौं, रुख बिरुवालाई जोगाँउदै आफ्नो परिसर स्वच्छ राखौं।”
र्यालीमा बुधबारे जेसिजका पदाधिकारी, पुर्व अध्यक्ष, सदस्य एवं स्थानीयको सहभागीता थियो । र्यालिलाई इलाका प्रहरी कार्यलय बुधबारेले सुरक्षा प्रदान गरेको थियो । बुद्धशान्ति २ जयपुरचोकबाट शुरु भएको र्यालि होक्से चोक हुँदै सृजना चोक निस्किएर,पुलचोक गाउँपालिका कार्यलय हुँदै पुनः जयपुर पुगेको थियो।