विश्व शान्तिको कामनासहित सुशिलाको मेची–महाकाली बुलेट यात्रा, समाजका लागि प्रेरणादायक अभियान

झापा– झापा बुद्धशान्ति गाउँपालिका–३ की ५५ वर्षीया सुशिला उप्रेती तिवारीले मेची–महाकाली बुलेट यात्रा गर्ने निर्णय लिएकी छिन्। छोरी–बुहारीहरूले पनि समाजमा केही गर्न सक्षम छन् भन्ने सन्देश दिन तिवारीले यो साहसी कदम उठाएकी हुन्।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको यो बुलेट बाइक यात्रा भदौ ५ गतेबाट सुरु भई १५ गते समापन हुने योजना छ।

EPIC EPIC EPIC

तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका–३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजासहित सुरु हुनेछ। उनको यात्रा पूर्वी नाका काँकडभिट्टाबाट बिहान १० बजे आरम्भ हुनेछ, भने उनको नाति मनिस मैनालीले पनि उनलाई साथ दिनेछन्।

यो यात्रामा जोसुकैले पनि यथासक्य सहयोग गर्न सक्ने बताइएको छ। समाजमा छोरी–बुहारीप्रति रहेको नकारात्मक टिप्पणीलाई चुनौती दिँदै, तिवारीले आफूलाई एक प्रेरणादायक उदाहरणका रूपमा प्रस्तुत गरिरहेकी छिन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *