विषादी प्रयोगमा कडाइ, अर्ग्यानिक उत्पादनमा जोड दिँदै सूर्योदय नगरपालिका

इलाम- सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो ।

नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साहन समेत गरिराखेको छ । “हामीले उत्पादन गरेको चियाले आफैँ रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न सकिदैन ।” नगरप्रमुख रणबहादुर राईले भने, “हामी बिष खाँदैनौ, बिष बेच्दैनौ । विगत बर्षदेखि अग्र्यानिक उत्पादन गर्ने भनेर अभियान चलाईएपनि तथ्याङ्कहरुले बिषादीको प्रयोग देखाएकाले अब कडाइका साथ बिषादी नियमन गर्छौ ।”

EPIC EPIC EPIC EPIC EPIC

नगरपालिकाले गत दुई आर्थिक बर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि आर्थिक सहयोगमा लागि सिफारिस गरिएका बिरामीहरुमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन् ।

आब २०७९/०८० मा सिफारिस गरिएका ५७ जना बिरामी मध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर्गाैलाका १० र मुटुका ७ बिरामी थिए । त्यसैगरी गत आबमा यो तथ्याङ्क वृद्धि भएर कुल सिफारिस संख्या ८२ पुग्यो । सो तथ्याङ्कमा पनि क्यान्सरका सबैभन्दा बढी ५० बिरामी छन् । त्यसैगरी मिर्गाैलाका २०, मुटुका ३ र टाउकोमा चोट भएका ३ जनाको स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विपुल अधिकारीले जानकारी दिएका छन्।

चालु वर्षमा यो तथ्याङ्क अझ वृद्धि हुने अनुमान छ । यी त नगरपालिकामा स्वास्थ्य सेवा पाउन माग गर्दै पेश भएका निवेदनका आधारमा उपलब्ध तथ्याङ्क मात्र हो । यस बाहेक पालिकाको सम्पर्कमा नआएर उपचार गरिरहेका वा ज्यान गुमाएका क्यान्सर पीडित धेरै छन् । सबैमा क्यान्सर रोगको कारण चियाको बिषादी मात्र नभएपनि अधिकांश कारण भने बिषादी नै भएको हुनसक्ने सूर्योदय–८ का वडाध्यक्ष जङ्ग गुरुङ्गले बताए। “क्यान्सरकै कारण मैले गत बर्ष परिवारको एक सदस्य गुमाएँ । धेरै ठाउँ डाक्टरलाई देखाउँदा बिषादीकै कारण रोग लागेको बताए ।” उनले भने, “झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालदेखि राजधानीका थुप्रै अस्पतालका बरिष्ट डाक्टरहरुले बिषादीलाई कारण देखाए ।”

वडाध्यक्ष गुरुङ्गले यसवर्ष आफ्नो वडालाई अर्ग्यानिक वडा घोषणा गर्नेगरी काम थालिएको बताए। “मैले आफन्त गुमाएँ । आज घर–घरमा क्यान्सर रोगी फेला परिरहेका छन् । यो दुर्दशा सबैले भोग्नुभन्दा बेलैमा सचेत हुनुपर्छ ।” उनले भने, “सूर्योदयका सबै वडामा भन्दा ८ नं वडामा बढी चिया खेती हुन्छ । सबैभन्दा बढी चिया उद्योग यहीँ छ । यहाँबाट अग्र्यानिक वडा घोषणा सुरु गर्दैछौँ ।”

पहिलो चरणमा किसान, चिया उद्योगी, व्यापारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोल विकास, बालि बिमा कम्पनीका प्रतिनिधि लगायतसँग बसेर वडाले छलफल चलाएको बताउँदै वडाध्यक्ष गुरुङ्गले अब टोलटोलमा पुगेर किसानसँग सचेतनामुलक कार्यक्रम गरिने साथै उनीहरुलाई अर्ग्यानिक उत्पादन सम्बन्धी तालिम र अन्य कार्यक्रम सञ्चालन गरिने बताए।

“बिषले मानव स्वास्थ्यलाई मात्र नभएर हाम्रो विश्व परिचयमा पनि असर गर्छ । चिया पिउन लायक बनाउनुपर्छ । उत्पादन अग्र्यानिक र गुणस्तरीय भएपछि किसानले राम्रो मूल्य पाउँछन् ।’“ नगरप्रमुख राईले भने, “क्षणिक लाभ हेरेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा वेवास्ता गर्नु हुँदैन ।”

सूर्योदयमा उत्पादन हुने सबै चिया बिषादीयुक्त छन् भन्ने होइन । कतिपय चिया बगान अग्र्यानिक पनि छन् । सूर्योदय–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ ।

“प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने, “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो । तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *