Search
Close this search box.
Search
Close this search box.

विष खुवाएर आफ्नै दुई महिने छोराको हत्या आरोपमा आमा पक्राउ

पक्राउ | ARREST

ओखलढुङ्गामा विष खुवाएर दुई महिने बालकको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी समक्ष बयानमा आरोपित राईले बच्चालाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । जन्मेदेखि रोई राख्ने, दिक्क लगाउने गरेकाले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

EPIC

गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा हिमाल राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दिपकुमारीलाई प्रहरीले सोही दिन पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *