Search
Close this search box.
Search
Close this search box.

विष सेवन गरेर आत्महत्या गरेका दम्पतीको एउटै चितामा अन्त्येष्टि

झापा। झापामा संगै विष सेवन गरेर आत्महत्या गरेका  एक दम्पतीको हिजो एउटै चितामा अन्त्येष्टि गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ११ दुधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो । भदौ १९ गते राति तेजप्रसाद र कमलाले विषादी सेवन गरेका थिए ।

EPIC EPIC EPIC

विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो । भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो ।
घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरका रुपमा पीडित भएकी कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारीमा गए । छोराले कमाएको रकमले कमलाको उपचार सम्भव थिएन । श्रीमान्ले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । तर कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन ।

श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल आर्थिक अवस्था दयनीय भएकै कारण निकाल्न सकेका थिएनन् । २०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइ सरी आएका भट्टराई दम्पतीको एकमात्र छोरा खगेन्द्र हुन् । १ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

2 Responses

  1. कठै यो कस्तो् घटना होला धेरै दुख लाग्यो।स्वर्गमा दुबै दम्पतिले राम्रो् संग बास गरोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *