बिर्तामोड/ वीरता जेसीज बिर्तामोडको ४४ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह बिर्तामोडमा सम्पन्न भएको छ । सन् २०२४ का अध्यक्ष विकास बस्नेतले सन् २०२५ का अध्यक्ष युवराज कुंवरलाई आफूले लगाएको जेसीज चेन पहिराएर आफ्नो पद हस्तान्तरण गरेका थिए ।
विरता जेसीज बिर्तामोडको २०२५ को नयां नेतृत्वले पद हस्तानतरणसंगै मङ्लबार आजदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । बिर्तामोडको बिर्ता पाटी प्यालेसमा आयोजित भव्य समारोहका बीच सन् २०२५ का अध्यक्ष कुंवर –सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी–सदस्यले कार्यभार सम्हालेका हुन् ।
नेपाली कांग्रेसका बरीष्ठ नेता पुर्व उप तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच विरता जेसीज बिर्तामोडका पूर्व अध्यक्षहरूले जेसी बस्नेतको गलामा रहेको जेसीज चेन खोलेर नवनिर्वाचित अध्यक्ष कुंवरको गलामा पहिर्याइदिएका थिए । निर्वाचन समितिका आयुक्त तथा विरता जेसीज बिर्तामोका पूर्व अध्यक्ष घन श्याम चौधरीले निर्वाचित पदाधिकारीहरूको घोषणा गरेका थिए ।
यस अघि नै भएको अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुमन कुमार पाेध्दार , प्रभात मास्के निर्वाचित भएका थिए भने जनसम्पर्क अधिकारी अभिषेक गहतराज, तालिम संयोजक शुसिल थापा, संयुक्त सचिव सुभाष त्रिखत्री, प्रकरण निर्देशक प्रज्वल बिमली क्रमश उपाध्यक्ष हरू पुष्प भण्डारी, सुभम शाह, अजय चौधरी, अजय अधिकारी निर्वाचित भएका थिए ।
त्यस्तै नव निर्वाचित अध्यक्ष युवराज कुवंरले यस पदहस्तातरण कार्यक्रममा आफ्नो समितिलाई पुर्णता दिएका छन् । उनले महासचिवमा विज्ञान राज पौडेल, कोषाध्यक्षमा लाेक चन्द्र श्रेष्ठ (एलसी), कानुनी सल्लाहकारमा अमरजीत शाह, सहकोषाध्यक्षमा बसन्त ढकाललाई मनोनित गरेका छन् । अध्यक्ष कुवंरले आफ्नो कार्यकालमा सबैसंग हात्तेमालो र सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
त्यसतै समारोहमा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने र एपिवान टिभिका झापा सम्वाददाता बिष्णु श्रेष्ठलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद सिटौला, विशिष्ट अथितिहरू नेकपा माओबादी केन्द्रका काेशी प्रदेश प्रमुख हर्क ब राई ( मिक्साे ), नेपाल जेसीज सन् २००८ का पुर्व राष्ट्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य दिनेश काेईराला , विर्तामोड नगर पालिका उप प्रमुख नगेन्द्र संग्राैला ( कार्य वाहाक नगर प्रमुख ) पुर्व संविधानसभा सदस्य सुधिर कु सिवाकोटी , नेपाली काङ्ग्रेस जिल्ला सभापति देउमान थेवे , नेपाल जेसीज पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीज पुर्व अध्यक्ष विनाेद बस्नेत , मेची आखा अस्पतालका अध्यक्ष तथा नेपाली काङ्ग्रेस जिल्ला काेषाध्यक्ष जल कुमार गुरूङ काे गरिमामय उपस्थिति रहेकाे थियो नेपाल जेसीज सन् २००८ को अध्यक्ष तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, मातृ शाखा भद्रपुर जेसीजका अध्यक्ष शैलेश श्रेष्ठले शुभकामना मनतब्य राखेका थिए । त्यस्तै वीरता जुनियर जेसीज बर्ष २०२५ को अध्यक्ष अश्विन गोसाईको नेतृत्वमा निर्वाचित टिमले पनि सपथ ग्रहण संगै जिम्मेवारी सम्हालेको छ ।