Search
Close this search box.
Search
Close this search box.

‘शक्ति केन्द्र’ बन्यो झापा : प्रधानमन्त्री, सभामुखदेखि, मन्त्री र मुख्यमन्त्रीसम्म

विराटनगर । कुनै बेला कम्युनिस्ट आन्दोलनको केन्द्र बनेको झापा यतिबेला देशको ‘शक्ति केन्द्र’ बनेको छ । झापा विद्रोह अहिले पनि चर्चित छ ।  २०२८ सालमा सामन्तको टाउको काट्ने अभियानबाटै जन्मिएका कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि झापा राजनीतिक ‘शक्ति केन्द्र’ बनेको हो । 

प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार शपथग्रहण गरिसकेका छन् । झापा आन्दोलनबाटै उदाएका ओली योसँगै चार पटक प्रधानमन्त्री बनेका हुन् । उनी देशको दोस्रो ठुलो पार्टीको शक्तिशाली अध्यक्ष छँदै थिए । उनको जिम्मेवारीमा अब देशको कार्यकारी प्रमुखको अर्को जिम्मेवारी पनि थपिएको छ । ओली झापाको ५ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । बरीयतामा राष्ट्रपति र उपराष्ट्रपति पछि प्रधानमन्त्री तेस्रो स्थानमा रहेको छ । 

EPIC

यस्तै झापाको २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित देवराज घिमिरे प्रतिनिधिसभाका सभामुख छन् । सभामुख देशको पाँचौँ बरीयताको पद हो । उनी पनि झापा विद्रोहबाटै प्रभावित हुँदै कम्युनिस्ट बनेका नेता हुन् । वि.सं. २०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए । लामो समय एमालेको राजनीति गरेका उनी अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र पनि हुन् । 

उता, प्रधानमन्त्री केपी शर्मा ओलीका छिमेकीसमेत रहेका तथा कम्युनिस्ट राजनीतिको लामो अनुभव भएका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनी पनि ओलीका प्रिय पात्र हुन् । 

झापा दमकका दाहालले यसअघि लामो समय ओलीको सचिवालयमा बसेर काम गरेका थिए । ओलीको पहिलो पटक प्रधानमन्त्री बन्दा दाहाल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार भएका थिए । २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर उनी सङ्गठित भएका हुन् । २०७६ साल माघ ९ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा उनी निर्वाचित बनेका हुन् । दाहालले राष्ट्रियसभा सदस्यबाट दलको प्रमुख सचेतक हुँदै दलको नेताको भूमिका पनि निर्वाह गरिसकेका छन् । राज्यको सबैभन्दा धेरै पुँजीगत खर्च गर्नसक्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी उनको काँधमा आएको छ ।

यस्तै कोशी प्रदेशका मुख्यमन्त्री पनि झापा र ओलीकै निर्वाचन क्षेत्रबाट निर्वाचित हिक्मतकुमार कार्की छन् । ओलीका अति निकट कार्की पनि विद्यार्थी राजनीति हुँदै पार्टीमा सङ्गठित भएका हुन् । गत वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीलाई माओवादीसहितले समर्थन गरेको हो । केन्द्रीय गठबन्धनमा भएको अदलबदलसँगै अब काँग्रेसले पनि समर्थन गर्दा कार्की झनै शक्तिशाली मुख्यमन्त्री बन्नेछन् । 

प्रधानमन्त्री, सभामुख, संघीय मन्त्री, मुख्यमन्त्रीबाहेक झापाबाटै संघीय संसद्को उपसभामुखको रूपमा इन्दिरा रानाले भूमिका निभाइरहेकी छिन् । यस्तै कोशी प्रदेशको सभामुख अम्बरबहादुर विष्ट पनि झापाकै हुन् ।

कोशी प्रदेशको हालको मन्त्रीमण्डलमा रहेका एकराज कार्की पनि झापाकै हुन् । संघीय निर्वाचन क्षेत्र ५ र प्रदेश निर्वाचन क्षेत्र १० रहेको झापामा समानुपातिक प्रतिनिधिसभामा १२ राष्ट्रियसभामा २ र कोशी प्रदेशसभामा २० सहित ३४ जनाको प्रतिनिधित्व छ । यो खबर रातोपाटीमा छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *