शशि माविमा डेङ्गु र आँखा पाक्ने रोग सम्बन्धी          सचेतना कार्यक्रम


जोशीला कार्की, इलाम।
         पछिल्लो समय भाइरल इन्फेक्सनको रुपमा देशव्यापी फैलिएको आँखा पाक्ने रोग र डेङ्गु सङ्क्रमण बढेसँगै नेपालको पूर्वी जिल्ला इलामको रोङ गाउँपालिका पनि अछुतो रहेन ।


 विशेष गरि यहाँका अधिकांश बालबालिकाहरूमा  आँखा पाक्ने रोगको संक्रमण देखिए पश्चात् हिजो रोङ गाउँपालिका वडा नम्बर २ धन्सारस्थित स्वास्थ्य चौकीको सहकार्यमा  सोही वडा स्थित  श्री शशि माध्यमिक  विद्यालयमा  आँखा पाक्ने रोग र  डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC


      आँखा पाक्ने रोग (Eye flu) अर्थात् conjunctivitis ले  विशेष गरी बालबालिकाहरूमा सङ्क्रमण अत्याधिक रुपमा फैलिएको पाइएकाले  विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानदिँदै  विद्यालयले स्वास्थ्य चौकीको सहकार्यमा आयोजना गरेको सचेतना कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरू  सहभागि भएका थिए ।


         कार्यक्रममा भाइरल इन्फेक्सनका रुपमा रहेको आँखा पाक्ने रोग र डेङ्गु लाग्नुको कारण, लक्षण र यसबाट बच्ने उपायको बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै स्वास्थ्यकर्मी सुजाता राईले  रोगबारे प्रष्ट पार्दै रोगबाट बच्ने उपाय र रोग लागेपश्चात् अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउनु भएको थियो। त्यसैगरी स्वास्थ्यकर्मी अमृता दाहालले उक्त  रोग  सम्बन्धी तयार पारिएको सामाग्रीहरू  प्रयोग गरी रोगबारे थप जानकारी उपलब्ध गराउनु भयो  । 


       आँखा पाक्ने रोग र डेङ्गु सम्बन्धी सचेतना कार्यक्रमको समापन पश्चात्  विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी स्वास्थ्यकर्मी र विद्यार्थीहरूको सहभागितामा विद्यालय हाताको सरसफाइ समेत गरिएको थियो 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *