शिक्षक आन्दोलनप्रति ओलीको टिप्पणी: ‘राष्ट्रको हित पनि सोच्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले केवल आफ्नै हित हेरेर समस्याको समाधान नहुने बताएका छन्। नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले सरकारले वार्ताका लागि आह्वान गरिसकेको भन्दै शिक्षकहरूलाई सडक प्रदर्शन नगर्न आग्रह गरे।

‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूले आफ्नो मात्र हित हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि विचार गर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन।’

EPIC EPIC EPIC EPIC EPIC

प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि उपयुक्त शिक्षा ऐन छिट्टै ल्याइने जानकारी दिए। उनले देशमा अस्थिरता दोहोरिन नदिन नेपाली कांग्रेस र नेकपा एमालेबीच समझदारीमा सरकार बनेको बताउँदै वर्तमान सरकार कसैले चाहँदा नचाहँदै पनि स्थिर रहने दाबी गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *