Search
Close this search box.
Search
Close this search box.

शिक्षक जसरीनै किसान पनि सरकारविरुद्ध सडक आन्दोलनमा आउन तयार

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताएकी छन् । आज (शुक्रबार) केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको काम कारबाही चित्तबुझ्दो नरहेको बताएकी हुन् ।

कांग्रेस सरकारमा भएर पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाई छ । जनताले सरकार र शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको उनले बताईन् ।

EPIC

‘अहिलेको सरकारका गतिविधिहरु राम्रो भएन । हाम्रो पार्टी नेपाली कांग्रेस पनि सरकारमा छ । मन्त्रालयका काम कारबाहीहरु पटक्कै राम्रो छैन ।’ उनले भनिन्, ‘कांग्रेस पनि गठबन्धनको सरकारमा छ तर सरकारको अनुभूति गर्न पाएको छैनन् । शान्ति सुरक्षाको अनुभूति गर्न पाएको छैन ।’

उनले सरकारका विरुद्ध शिक्षकहरु जसरी नै अब किसानहरु पनि आन्दोलनमा आउन तयार भएर बसेको बताईन् । तराईका किसान खेतामा पानी नभएर शुद्ध पिउने पानी नपाएर मारमा परेको उनले बताईन् ।

‘जसरी शिक्षकहरु आन्दोलनमा छन, त्यसैगरी किसानहरु पनि आन्दोलन गर्नेवाला छन् । मधेश प्रदेशका किसानहरुको खेतमा पनि छैन, सुख्खा छ । तराईका स्वच्छ खानेपानी छैन ।’ उनले भनिन्, ‘यो विषयलाई पनि अहिलेको मिटिङले सरकारको ध्यानाकार्षण गराओस् ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *