शिक्षामा दलित महिलाको पहुँच पुर्‍याउन ‘सासुको इच्छा, बुहारीलाई शिक्षा’

काठमाडौं। सिन्धुलीको तीनपाटन गाउँपालिकाले उच्च शिक्षामा दलित महिलाको पहुँच पुर्‍याउन  ‘सासुको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले आइतबार सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिकाभित्र रहेको तीन वटा सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने दलित महिला (छोरी तथा बुहारी)लाई क्याम्पस भर्ना तथा मासिक शुल्क गाउँपालिकाले बेहोर्ने जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

पालिकाले बुहारी भए सासु र छोरी भए आमाले भर्ना गर्नुपर्ने, आमा अथवा सासु नभए परिवारमा नभएका एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले छोरी वा बुहारीको भर्ना गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

यी दुवै बमोजिमको अभिभावक समेत नभए सम्बन्धित वडाको महिला वडा सदस्यले भर्ना गर्न लानुपर्ने र क्याम्पसले सोही अनुसार भर्ना गरिदिने व्यवस्था जनाएको छ । भर्ना हुँदाका बखतको फोटो अनिवार्य खिच्नुपर्ने पालिकाले सूचनामा उल्लेख गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *