शिक्षासेवी लालध्वज लिम्बूको वार्षिक पुण्य तिथिमा बगान युथ क्लबको आयोजना  विविध कार्यक्रम

Bagan Youth Club


कचनकवल। कचनकवल ३ स्थित पथरिया माविमा लामो समयसम्म आफूले विद्यालयको अभिभावकको जिम्मेवारी निर्वाह गरेका स्वर्गीय लालध्वज लिम्बूको वार्षिक पुण्य तिथिको अवसरमा केदेम परिवारको सहयोग तथा बगान युथ क्लबको संयोजनमा पथरिया माविको प्राङ्गणमा मंगलबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

कक्षा एकदेखि पाँचसम्मका जेहनदार तथा मिहिनेती र विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै कक्षा एकदेखि दशसम्मका प्रथम हुने १६ जना विद्यार्थीहरूलाई  प्रोत्साहन स्वरूप  विद्यालय पोशाक वितरण गरिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC


त्यस्तै, अन्तरसदन हाजिरीजबाफ प्रतियोगितामा प्रथम हुने ग्रीन सदनलाई ३ हजार र प्रमाणपत्र त्यस्तै, दोस्रो हुने रेड सदनलाई २ हजार र प्रमाणपत्र र तेस्रो हुने यल्लो सदनलाई १५ सय र प्रमाणपत्र दिइएको थियो। त्यस्तै, सहभागी सबै प्रतियोगीलाई सान्त्वना पुरस्कार स्वरूप नगद  रू एक/एक हजार रुपैयाँ दिइएको थियो।

विगतका समयमा विभिन्न खेलकुद तथा सामाजिक हितका काम गर्दै आएको बगान युथ क्लबले यसपटक विद्यार्थी  लक्षित कार्यक्रम ल्याएर विद्यार्थीलाई अध्ययनमा थप हौसला मिलेको साथै आगामी दिनमा कुनै एक विद्यालयमा मात्र नभएर पालिका भरिका सम्पूर्ण विद्यालयलाई समेटेर यस्ता कार्यक्रम गर्ने क्लबको योजना रहेको क्लबका सचिव विश्वास अधिकारीले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *