Search
Close this search box.
Search
Close this search box.

शिक्षा बहुउद्देश्यीयको इकाइगत साधारणसभा शुरु, धुलाबारीमा छ सदस्य सम्मानित

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र धुलाबारीको इकाइगत साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गर्नुभएको थियो ।

कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्जा कारोबारकर्ता भीमकुमार विष्ट, उत्कृष्ट आवधिक बचतकर्ता रविना बस्नेत, उत्कृष्ट साधारण बचतकर्ता भीमप्रसाद पौडेल, उत्कृष्ट शिक्षा बचतकर्ता आर्यन/ आरुष मेचे, गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने पुष्पकमल रिजाल र सौरभ दियालीलाई सम्मान गरिएको हो ।

EPIC EPIC

संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बजारमा आर्थिक मन्दीको व्यापक प्रभाव परे पनि संस्थाको शेयर पुँजी क्रमशः बृद्धि हुँदै गएको बताउनुभयो । उहाँले गत आव २०८०÷०८१ मा संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७ पैसा रहेको बताउनुभयो । शेयर र कोष बृद्धिले संस्थालाई अझ बलियो बनाउँदै लगेको उहाँको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२ पैसा पुगेको बताउनुभयो । उहाँले संस्थामा थप बचत बृद्धिको योजना ल्याउनुपर्ने सुझाव दिनुभयो ।

यस्तै, संस्थाका ऋण उपसमिति संयोजक एवम् उपाध्यक्ष हेमराज मिश्रले ऋण लगानीका प्रमुख क्षेत्र, रकम र ब्याजदरका बारेमा सदस्यलाई अवगत गराउनुभयो । संस्थामा ३८६ जना महिला र ४५७ जना पुरुष गरेर ८४३ जना सदस्यलाई १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी गरिएको जानकारी दिनुभयो ।

इकाइगत साधारणसभाबाट तीन जना प्रतिनिधि छनोट गरिएको छ । अन्तिम माइन्युट प्रमाणीकरणका लागि इकाइगत साधारणसभाले लक्ष्मी पाठक, चन्द्रमणि क्षेत्री र दिलमाया श्रेष्ठलाई प्रतिनिधि छनोट गरिएको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमराज मिश्रले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति सदस्य लक्ष्मी देवान, व्यवस्थापक तीर्थराज तिम्सिना, सेवा केन्द्र प्रमुख सुशीला ढकाल लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको इकाइगत साधारणसभा अन्तरगत भोलि १० गते सदस्य सेवा केन्द्र दुहागढीको राम जानकी मन्दिर, धाइजनमोडमा इकाइगत साधारण सभा हुने छ । संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुने आयोजकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *