शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडाै। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल गरि पारित गर्न सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले छलफलका लागि अझै केहि समय माग गर्नुभएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पनि अहिलेको अवस्थामा नै विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने धारणा राख्नुभएको थियो । कांग्रेस सचेतकको धारण र शिक्षामन्त्रीले छलफलका लागि समय माग गरेपछि सांसदहरुले असन्तुष्टि जनाएका थिए । तर छलफलपछि समिति सभापति अम्मर बहादुर थापाले समितिले सहमति गरेका बिषयबाट ब्याक नहुनेगरि सहमति कायम गर्न शिक्षामन्त्रीलाई आग्रह गर्दै छलफलका लागि केहि दिन बैठक स्थगित गर्नुभयो ।

त्यसअघि बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पास गर्न केही रोक्न आग्रह गर्नुभयो । उहाले सरकारको सहमतिबिना विधेयक पारित गर्ने अभ्यास अहिलेसम्म नरहेको बताउनुभयो । कांग्रेसको समेत आग्रहमा आफुले छलफलका लागि केहि दिनको समय मागेको उहाको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षकहरुसंग छलफल बाँकी नै रहेकाले अहिले विधेयक पारित नगर्न सुझाव दिनुभएको थियो । उहाले अहिले नै विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको थियो ।

समिति सदस्यहरुले भने सोमबार नै समितिबाट विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए । माओवादी सांसद रेखा शर्मा, एमाले सांसद विद्या भट्टराई, रास्वपा सांसद सुमना श्रेष्ठ लगाएतका सांसदहरुले सहमतिमा यसअघि भएका सहमतिलाई आधार मान्दै विधेयक अघि बढाउन माग गर्नुभएको थियो ।

विधेयकमा अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिकबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशतलाई स्थायी गर्ने व्यवस्था छ । तर नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट स्थायी गर्नुपर्ने अडान राख्दै आएको छ । शिक्षामन्त्रालयले सोमबार नै गरेको वार्तामा शिक्षकहरुले आफ्नो अडान कायमै रहेको जनाएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *