Search
Close this search box.
Search
Close this search box.

शिवसताक्षीको धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको शालिक अनावरण

झापाको शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् स्व. इमानसिह चेम्जोङको शालिक अनावरण गरिएको छ ।

इतिहासविद् स्व. चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले एक भव्य कार्यक्रमका बीच उक्त शालिक अनावरण गरेका हुन् । अनवरणका क्रममा नगरप्रमुख थोप्राले इतिहासकार चेम्जोङले आफ्नो समुदाय तथा राष्ट्रलाई पु¥याएको योगदान लगायतका विषयमा चर्चा गरेका थिए ।

EPIC EPIC EPIC

शालिक र शालिक निर्माण स्थलको संरचनामा १५ लाख ६० हजार ९सय ६६ रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । शालिक निर्माण लागि समितिले विभिन्न सहयोगी दाताहरुबाट २१ लाख ५२ हजार २ सय ५६ रुपैयाँँ संकलन गरेको थियो । जसमा शिवसताक्षी नगरपालिकाले बिजुली बत्ती जडानका लागि ४० हजार सहयोग गरेको निर्माण समितिका संयोजक चेम्जोङले बताए । शालिक निर्माणका लागि खर्च भएर ६ लाख ३१ हजार २सय ९० रुपैयाँ बचत रहेको संयोजक चेम्जोङले बताए ।

शालिक निर्माणका लागि प्राप्त रकमका आधारमा सहयोगी दाताहरूको शिला लेखन र दाताहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मानित समेत गरिएको शालिक निर्माण समितिले जनाएको छ । दाताहरूबाट प्राप्त रकमको नामावली सहित खर्चको सम्पूर्ण विवरण समेटेर पुस्तिका नै प्रकाशन गरिएको संयोजक चेम्जोङले बताए ।

कार्यक्रमा चेम्जोङको व्यक्तित्व र कृतित्वको विषयमा चर्चा परिचर्चा समेत गरिएको थियोे । इमानसिंह चेम्जोङ किराँत भाषाका विशेषज्ञ र किराँत इतिहासकारका धरोहर हुन् । इतिहासकार चेम्जोङको जन्मजयन्तीको अवसरमा पूर्वी पहाडी जिल्ला पाँचथरसँगै ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा साथै उपत्यकाका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

हाल पठनपाठनमा आएको किराँत भाषा र लिपिको विकास एवम विस्तारमा उहाँको अतुलनीय योगदान रहेको पाइन्छ । उहाँको तस्बिर चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सरकारले राष्ट्रिय प्रतिभाका रूपमा मान्यतासमेत दिएको छ ।

किराँत इतिहासकार तथा किराँत सिरिजङ्घा लीपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैटौँ सन्तानको रुपमा १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालेम्पुङमा भएको थियो भने निधन ७१ वर्षको उमेरमा २०३३ साल असोज २२ गते भएको थियो ।

कार्यक्रममा साहित्यकार डाक्टर देवी क्षेत्री दुलाल, समाजसेवी टेकरत्न चेम्जोङ, साहित्यकार रविमान लम्जेल, शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन, समाजसेवी माधवप्रसाद भण्डारी, नारायण थापा, नगेन्द्र बोहरा, चन्दवीर नेम्वाङ, धरमपुर बजार व्यवस्थापन समिति अध्यक्ष लिलाबहादुर जोशी, शिक्षाप्रेमी प्रेम शेर्मा, सहकारीकर्मी विनोद ढकाल, कुमार शंकर, साहित्य स्रष्टा बिराट किराती, समाजसेवी जयकुमारी चेम्जोङ लगायत सामाजिक व्यक्तित्वहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

शालिक निर्माण समितिका सह–संयोजक दिलबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन भने शालिक निर्माण समितिका सचिव दुर्गाबहादुर चेम्जोङले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *