शिवसताक्षीमा आयुर्वेद उपचार सेवा निःशुल्क, सेवाग्राहीको चाप बढ्दो

झापा- आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयुर्वेद उपचार सेवा निःशुल्क गरेको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताए । नगरपालिकाले उपचार निःशुल्क गराउन शिवसताक्षी–११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रूपमा रु २० लाख बजेट दिइरहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

जिल्लाकै पुरानोमध्येको यहाँको आयुर्वेद औषधालयमा कविराजसहित पाँच जना कर्मचारीको दरबन्दी रहेको छ । नियमित रूपमा बिरामी जाँच्ने र औषधि वितरणको चिकित्सा सेवासहित औषधालयले पञ्चकर्म थेरापी लगायतका सुविधा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीपछि स्थानीयबासी आयुर्वेद चिकित्सा पद्धतिप्रति बढी आकर्षित भएको औषधालयका कविराज राजेन्द्र पोखरेल बताउछन् ।

“पहिले पहिले मानिसहरु त्यति धेरै आउँदैनथिए,” उनी भन्छन्–“जब कोरोनाले सारा दुनियाँ तर्सायो, त्यसपछि मानिसहरु आयुर्वेदको औषधि खोज्दै धाउन थाले । अहिले त सेवाग्राहीको चाप बढ्दो अवस्थामा छ ।”

दैनिक ५० जनासम्म ओपिडी सेवामा मानिसहरु आउन थालेको र सीमित जनशक्तिले उपचार प्रदान गर्न मुस्किल हुन थालेको पोखरेलले बताए।

चालू आर्थिक वर्ष २०८१/८२ को दश महिनामा शिवसताक्षी आयूर्वेद औषधालयबाट चार हजार ४० जनाले उपचार सेवा लिइसकेका छन् । वहिरङ्ग विभाग (ओपिडी)मा दुई हजार ५४७ र अन्यत्रबाट रेफर भएर एक हजार २३७ जना बिरामीले उपचार सेवा लिएको उनले जानकारी दिए।

औषधालयमा सुविधासम्पन्न प्रयोगशाला रहेको छ । जहाँ दश महिनामा १२२ जनाले सेवा लिएका छन् । त्यहाँ सञ्चालित पञ्चकर्म थेरापी सेवा १३३ जनाले लिएका छन् । औषधालयले गाउँघर क्लिनिकमार्फत सोही अवधिमा ४४१ जना बिरामीलाई घरआँगनमै सेवा प्रदान गरेको जनाएको छ ।

नगरपालिकाले आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएकाले औषधालयलाई नगर आयूर्वेद अस्पतालको रूपमा विकास गर्न आवश्यक रहेको नगरप्रमुख थोप्रा बताउँछन्। सुविधासम्पन्न भवन नहुँदा र सीमित जनशक्ति हुँदासमेत औषधालयले पुर्याएको उपचार सेवा प्रशंसनीय रहेको उनको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *