Search
Close this search box.
Search
Close this search box.

शिवसताक्षीमा खेतमा जमेको पानी डुबेर एक कृषको मृत्यु

मृत्यु

झापा। झापाको शिवसताक्षीमा खेतमा जमेको पानीमा डुबेर एकजना कृषकको मृत्यु भएको छ । प्रहरीका अनुसार पानीमा डुबेर शिवसताक्षी-२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको हो । मादक पदार्थ सेवन गर्ने गरेका बेस्रा छारे रोगका बिरामीसमेत रहेको बुझिएको छ ।

घरको पूर्वपट्टि खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले जानकारी दिए । घरबाट निस्केका बेस्रालाई आज बिहान पानीमा डुबेर मृत अवस्थामा देखेपछि उनकी आमाले स्थानीयलाई खबर गरेकी थिइन् ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *