शिवसताक्षीमा बाबुको खुकुरी प्रहारबाट छोरा घाइते

भद्रपुर । झापाको शिवसताक्षीमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।

आज बिहान शिवसताक्षि नगरपालिका–३ पाराबारीका ४० वर्षीय मनकुमार तामाङ र उनका छोरा १८ वर्षीय सुसन तामाङबीच घरयासी कुरामा विवादका क्रममा मनकुमारले सुसनमाथि खुकुरी प्रहार गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

खुकुरी प्रहारबाट सुसनको टाउको र दाहिने खुट्टाको घुँडा पछाडि काटिएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी धरमपुरबाट प्रहरी टोली खटिएको छ । घाइतेलाई उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खुकुरी र खुकुरी प्रहार गर्ने मनकुमारलाई प्रहरी चौकी धरमपुरको नियन्त्रणमा राखिएको छ भने इप्रका झिलझिलेबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *