झापा। झापाको शिवसताक्षी नगरपालीका वडा नम्बर ११ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल सताक्षीधामको आठौं सताक्षी गोरक्षा महोत्सव २०७९ आजबाट सुरु भएको छ।
नेपालका ऐतिहासिक जगत गुरु अनन्त श्री बिभुषित बाल सन्त महासरण देवचार्य महाराजद्वारा उद्घाटन गरिएको यस महोत्सवको मुख्य उदेश्य धाममा संरक्षित गौमाताहरुको रक्षा गरी सताक्षीधामालाई नेपालकै ऐतिहासिक धार्मिक स्थलको रुपमा पहिचान गराउने महोत्सव समारोह अध्यक्ष तथा मुख्य पुजारी गोतपस्वी आचार्य नन्द किशोर भार्द्वाज जी महाराजले जानकारी दिनुभयो।
त्यस्तै यस धाममा भोली बाला चतुर्दशीका दिन सत बिउ पल बिउ छर्न आउने करीब एक हजार बढी भक्तजनको लागि खाना लागायत अन्य आवस्यक प्रवन्ध गरिएको गोरक्षा गोकुल समितिका प्रवक्ता घन श्याम खनाले जानकारी दिनु भयो।
मंसिर ५ गते देखि १५ गते सम्म आयोजना हुने यस महोत्सवमा सुरक्षाका लागि इलाका प्रहरी कार्यालय झिल्झिलेबाट आवश्यक सहयोग भइरहेको र सवारी साधन पार्किङको पनि उचित ब्यवस्था गरिएको गोरक्षा समितका उपाध्यक्ष बेदप्रकास अग्रवालले बताउनु भयो। यस धाममा हाल ७ सय पचास भन्दा बढी गौमाताहरुलाई संरक्षण गरि राखिएको छ भने करीब सत्र सय भन्दा बढी गौमातालाई झापा, इलाम , मोरङ लगायत जिल्लामा संरक्षण गरी दुग्ध पदार्थ उपभोग गर्न दिइएको छ।