शुक्रबार राती गएको भूकम्पमा परी जाजरकोटमा ३४ जनाको मृत्यु, १०० बढी घाइते 

गएरातिको भूकम्पमा परी जाजरकोटमा ३४ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट जिल्लाका पाँच वटै पालिका प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण संकलन भइरहेको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै नलगाढ नगरपालिका प्रभावित भएको छ ।

EPIC EPIC EPIC

जाजरकोट जोड्ने राजमार्गसमेत अवरुद्ध भएको उनले जानकारी दिए । प्रजिअ सुनार अनुसार भूकम्पले घर भत्काउँदा च्यापिएर १०० जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।

१०० भन्दा बढी घरमा पूर्णरुपमा क्षति पुगेको पनि प्रजिअ सुनारले जानकारी दिए । ‘केही पालिकामा सम्पर्क हुन सकेको छैन । सेना प्रहरी र जनप्रतिनिधि उद्धार तथा घटनाको विवरण गर्न खटिएका छन्,’ प्रजिअ सुनारले भने ।  

भूकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ । रूकुम पश्चिममा भूकम्पबाट २८ जनाको मृत्यु भएको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *