Search
Close this search box.
Search
Close this search box.

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह

काठमाडौँ। विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ ।

शहीद शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा माघ १० गते आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै आजदेखि शहीद सप्ताह शुरु गरिएको हो ।

EPIC EPIC

सो अवसरमा काठमाडौा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शास्त्रीको शालिकमा माला र पुष्पगुच्छा अर्पण ग।िन् । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कमल चलाउने पहिलो व्यक्ति भएको बताइन् । उनले शास्त्री राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि रुची राख्ने व्यक्ति रहेको बताए ।

साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर कलम चलाउने पहिलो व्यक्ति पनि शास्त्री नै रहेको उपप्रमुख डंगोलको दाबी छ । उनले जीवन आफ्ना लागि मात्रै नभइ देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकता रहेको बताइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *