झापा । चीनबाट आयात हुने मालसामान बर्सेनि बढ्दै गएको छ । तर, निर्यातको हिस्सा भने जस्ताको तस्तै छ । चीनबाट खर्बौं रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट दुईरअढाइ अर्बभन्दा बढीको मालसामान निर्यात हुन सकेको छैन ।
१० वर्षअघि आर्थिक वर्ष २०७१र७२ मा चीनबाट ९९ अर्ब २८ करोड १४ लाख २९ हजार रुपैयाँको वस्तु आयात भएको थियो । जुन आर्थिक वर्ष २०८०र८१ मा आइपुग्दा २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाख ४४ हजार पुगिसकेको छ । १० वर्षमा चीनबाट आयात हुने वस्तु करिब तीन गुणाले बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
नेपाल र चीनबीच व्यापार हुने ६ वटा नाकाहरू छन् । तातोपानी, केरुङ, किमाथांका, कोरला, यारी र ओलाङचुङगोला । तर, हालसम्म तातोपानी र केरुङ ९रसुवा०बाट मात्रै आयात–निर्यात हुँदै आएको छ ।
नेपाल र चीनबीच सीमा सन्धिदेखि, बीआरआई, पारवहन, जलविद्युत, केनेक्टीभिटी, यातायात, काल संस्कृति, खेलकुद, कृषिलगायत विभिन्न सम्झौता भएका छन् । नेपालबाट जाने ९ हजार ३० वटा वस्तुहरूमा चीनले शून्य भन्सारको सुविधा दिएको छ । यो सुविधा चीनले २०६३ सालदेखि नेपाललाई दिँदै आएको हो । तर, पनि सन्धि र सम्झौताअनुसार नेपालले व्यवसायिक लाभ लिन सकेको छैन ।
१० वर्षअघि आर्थिक वर्ष २०७१र७२ मा नेपालबाट २ अर्ब ६ करोड ७ लाख २२ हजारको वस्तु चीनतर्फ निर्यात भएको थियो । जुन आर्थिक वर्ष २०८०र८१ सम्म आइपुग्दा २ अर्ब ५८ करोड ८६ लाख १४ हजार पुगेको छ । तर, एक दशकको अवधिमा नेपालबाट चीन निर्यात निरन्तर घट्दो छ । कुनैकुनै वर्ष त चीनमा ८० करोड देखि १ अर्बको मात्रै वस्तु निर्यात भएको देखिन्छ ।
चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार मुलुक हो । नेपालले खाद्यान्नदेखि घरेलु उत्पादन निर्यात गर्दै आएको छ । नेपालबाट चीनमा अगरबत्ती, हस्तकला, कपाल, पश्मिना, छाला, औषधि, म्युजिकल उपकरण, चाउचाउ, तयारी पोशाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैँचालगायत वस्तुहरू निर्यात हुँदै आएको छ । चीनसँग मात्रै होइन देशको कूल वैदेशिक व्यापारमै वर्षौंदेखि ठूलो खाडल छ ।
सरकारले हरेक वर्ष निर्यात वृद्धि गर्न रणनीतिहरू अगाडि सार्दै आएको छ । सरकारले निर्यातमा शून्य भन्सार, निर्यात अनुदान, उत्पादनमा सहुलियतलगायत विभिन्न नीतिहरू ल्याउँदै आएको छ ।