शून्य समयमा कोशी प्रदेशका सांसदले उठाए समस्यै समस्या

koshi pradeshhh

विराटनगर । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषय उठाएका छन् ।

सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे । प्रदेशभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्ने उनको भनाइ छ ।

EPIC EPIC EPIC EPIC EPIC

पहिचानवादीसँग वार्ता गर्न यसअघिको सरकारले वार्ता समिति गठन गरेपनि नयाँ सरकारले वार्ता समिति गठन नगरेको बताए । सरकारले वार्ता समिति बनाउन ढिलाई गरेको भन्दै ढिलाई हुनुको कारणबारे जवाफ दिन माग गरेका छन् ।

सांसद छविलाल चुँडालले प्रादेशिक अस्पताल भद्रपुरको सेवा प्रभावकारी बनाउन माग गरे ।अस्पतालको नयाँ भवन बनिनसक्दै भत्किएको र बालरोग विशेषज्ञ नरहेको बताए । नहरको बताउँदै यथोचित व्यवस्थापन गर्न माग गरे ।

सांसद खगेनसिंह हाङ्गामले पहाड र हिमाली क्षेत्रमा जग्गाको हदबन्दी बढाउन माग गरे ।

सांसद निरादेवी खनालले प्राकृतिक प्रकोप, बाढी पहिरो, नियन्त्रणको लागि दीर्घकालिन कदम चाल्नुपर्ने बताइन । सांसद ममता तामाङ मगरले डेंगुको नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरिन । उनले सुनसरीको क्षेत्र नम्बर १ मा डेंगु प्रभावित क्षेत्रको पहिचान गरी नियन्त्रणको अभियान चलाउने र प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरिन ।

सांसद रमेशकुमार बस्नेतले धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरे । डेंगु नियन्त्रण बाहिर गइसकेको बताउँदै उनले धरानमा समन्वयात्मक काम नहुँदा आपतकालीन अवस्था घोषणा गरेर काम गर्नुपर्ने बताए ।

सांसद विदुरकुमार लिङ्थेपले असार २ गतेको बाढी पहिरोमा परी वेपत्ता भएकालाई मृत घोषित गर्न माग गरे । संखुवासभाको खाँदबारी कारागारमा कैदी बन्दीलाई हत्या गर्नेको उचित छानविन गरी कारबाहीको माग गरे ।

सांसद सदानन्द मण्डलले सुनसरी बराह नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कोशी कटानले विस्थापित भएका परिवारलाई राहत र पुनस्र्थापनका लागि पहल गर्न माग गरे ।

सांसद सपना दर्जी, गोपाल तामाङ र उमाकान्त गौतमले पनि शून्यसमयमा आफ्ना क्षेत्रको समस्या राखेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *