शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको आरोपमा छ महिनाको जेल सजाय सुनाइएको छ ।

बंगाली अखबार द डेली स्टारका अनुसार, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार यो सजाय सुनाएको हो । हसिना र स्थानीय नेता शकिल बुलबुल बीचको फोन वार्ताको अनुसन्धान गरेपछि न्यायाधिकरणले यो फैसला सुनाएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

यो कुराकानी गत वर्ष सामाजिक सञ्जालमा भाइरल भएको थियो र धेरै पत्रिकाहरूले पनि यसलाई प्रकाशित गरेका थिए। यो कथित अडियो क्लिपमा, शेख हसिनाले आफूविरुद्ध २२७ मुद्दा दर्ता भएको भन्दै सुनिएकी थिइन्, त्यसैले उनलाई २२७ जनाको हत्या गर्ने लाइसेन्स मिलेको बताएकी थिइन् ।

गत वर्ष अगस्ट ५ मा बंगलादेशमा भएको ठूलो विद्रोहपछि शेख हसिनाले पद त्यागेर भारतको शरणमा पुगेकी थिइन् ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *