शेयरबजार ३८ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – हिजो झण्डै ११ अंकले घटेको शेयरबजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से आज ३८ दशमलव ३५ अंकले घटेर दुई हजार आठ सय ९८ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत, होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो आठ अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब दुई करोड रुपैयाँमा एक करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

सबैभन्दा धेरै अपी पावर कम्पनीको २० करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो । घलेम्दी हाइड्रो र कालिका लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि बुद्धभूमि नेपाल हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *