काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणाको घरमा राति प्रहरीले छापा मारेको छ ।
सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भएको हो ।
देउवा पत्नी आरजुको हरेक व्यवसाय र लेनदेनमा साथ दिँदै आएका भुषणले भदौ २४ गते राति आगलागी भएको देउवाको घरबाट गाडीमा लगिएको भनिएको संभवतः नगद रकम भुषणकै घरमा लुकाएको हुनसक्ने आशंकामा छापा मारिएको अनुमान गरिएको छ ।
आरजु राणाले कतिपय डिलमा भुषण प्रतिनिधिको रुपमा खटिने गरेको आरोप लाग्ने गरेको थियो । गोप्य सूचना र प्रमाणहरु प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको हो ।