Search
Close this search box.
Search
Close this search box.

शैक्षिक इतिहास रच्दै कचनकवल

कचनकवल। यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित भएसंगै झापाको दक्षिण – पूर्वी क्षेत्र कचनकवल गाउँपालिका स्थित कचनकवल विद्या मन्दिर माविकी छात्रा अस्मिता देवानले ३.८२ जि.पि.ए प्राप्त गरी यस क्षेत्रमै हाल सम्मकै सर्वोत्कृष्ट नतिजा प्राप्त गरी समग्र झापाको दक्षिण-पूर्वी तथा कचनकवल गाउँपालिकामै नयाँ शैक्षिक इतिहास रच्न सफल भएकी छिन्।

२०७८बाट कचनकवल माविमा व्यवस्थापन संकाय पढ्दै आएकी देवान मिहिनेती विद्यार्थी रहेको कचनकवलका प्रिन्सिपल खगेन्द्र पाण्डेले बताए साथै अस्मिता सहित २०७९ सालको एस.एल.सीमा सहभागी २८ जना विद्यार्थीहरू उत्कृष्ट अङ्कसहित शत प्रतिशत नतिजा ल्याएकोमा खुसी व्यक्त गर्दै विद्यालयमा कार्यरत सबै शिक्षक, शिक्षिकाको मेहेनत र विद्यार्थीको लगनशीलताका कारणले नै विगत देखि नै आफ्ना विद्यार्थीले उत्कृष्ट अङ्क ल्याउने गरेको बताउँदै यस पटक त झन आफ्नै विद्यालयबाट ३.८२ जी.पि.ए ल्याएर छात्रा अस्मिता देवानले विद्यालयकै गरिमालाई झन उच्च बनाएको उनले बताए ।

EPIC EPIC EPIC

शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर सहयोगमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्राध्यापक समेत रहेका घनश्याम अर्यालले बताए । नतिजापछि निकै खुसी लागेको प्रतिक्रिया दिँदै अस्मिताले निरन्तर मेहनत, समयको सदुपयोग एवं शिक्षकहरूको मार्गदर्शन नै सफलताको श्रेय हो भनिन् ।

कचनकवलबाट २८ परीक्षार्थी सम्मिलित भएकोमा ३.६ देखि ४ जी.पी.ए ल्याउने १ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने  १० जना, २.८ देखि ३.२ जिपिए ल्याउने १५ जना र २.४ देखि २.८ जिपिए ल्याउने २ जना छन् । २०५३ सालमा स्थापित सो 
 विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको अतिरिक्त क्रियाकलाप विभाग एवं कम्प्युटर विभाग प्रमुख बेनुप राज प्रसाईँ तथा कुलचन्द्र अधिकारीले बताए । छोटो समयमै छुट्टै पहिचान बनाउन सफल कचनकवल मावि आफ्नै अत्याधुनिक भवनका साथै फराकिलो खेल मैदान सहित कचनकवल ६ बनियानीको राम जानकी मार्गमा शान्त तथा मनोरम वातावरणमा अवस्थित छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *