शैक्षिक गुणस्तर सुधारमा हल्दीबारी अगाडि

editorial

शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर झापाको एक पालिकाले नेपालमा नै पहिलो पटक विद्यालयस्तरमा मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । झापाको हल्दीबारी गाउँपालिकाले सो प्रविधिको उद्घाटन पूर्वमन्त्री तथा सङ्घीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनद्वारा गराएको छ ।

शिक्षामा व्यापक गुनासा आएपछि पालिकाले आर्थिक वर्ष ०७५/७६ बाट विद्यालयमा सीसी क्यामरा जडान सुरु गरेको थियो । पालिकाभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा आ.व. ०७९/८० सम्म २४ लाख ८८ हजार रुपैयाँको लागतमा क्यामरा जडान गरिएको जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

क्यामरा जडान गरेपछि विद्यालयका अभिभावकलगायत सरोकारवालाले आफ्नो मोबाइलमा एप्स डाउनलोड गरेपछि हेर्न चाहेको विद्यालयको गतिविधि इन्टरनेटको सहायताले हेर्न मिल्ने पालिकाका सूचना तथा प्रविधि प्रमुख सुशील कडरिया बताउँछन् ।

वडामा कार्यरत कम्प्युटर अपरेटर र पालिकाका प्रविधि प्रमुखद्वारा मोबाइलमा एप्सको व्यवस्थापन गरिनेछ । पालिकाभित्र ४० प्रतिशत मानिस स्मार्ट मोबाइल चलाउन सक्ने भएकोले यो प्रविधि उपयुक्त देखिएको गाउँपालिकाको भनाई छ । नेटवर्कको विस्तार सबै क्षेत्रमा भइसकेकोले इच्छुक व्यक्तिले यसको भरपूर उपयोग गर्न सकिने छ ।

३२ हजार जनसंख्या रहेको हल्दीबारीमा ५ हजार ५ सय ८१ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । ९९ प्रतिशत साक्षर रहेको पालिकामा ८० प्रतिशत शिक्षित रहेको शिक्षा शाखाले जनाएको छ । त्यसैगरी ४९ प्रतिशत किसान रहेको पालिकामा ६५ प्रतिशतले मोबाइल चलाउन सक्ने जनाइएको छ । मोबाइल एप्स प्रयोगमा आएपछि विद्यालयको गतिविधि तुरुन्त जानकारी हुने पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन बताउँछन् ।

एप्सबाट विद्यालयको सुरक्षामा वृद्धि, पालिकाबाट निरन्तर अनुगमनमा सहजता, अभिभावकले घरमै बसेर विद्यालयको गतिविधि नियाल्ने, भौतिक पूर्वाधारका बारेमा जानकारी हुने लगायतका महत्वपूर्ण काममा सहयोग पुग्ने देखिन्छ । हल्दिवारीले शैक्षिकमा मात्र नभई अन्य क्षेत्रमा पनि पालिकाले प्रविधिमा फड्को मार्दै गरेको छ ।

विद्यालयस्तरमा मोबाइल एप्सको सुरुवात गर्ने नेपालका पालिकामध्ये हल्दीबारी पहिलो भएको गाउँपालिकाको दाबी छ । शैक्षिक क्षेत्रको बिकास तथा विस्तारका लागि अन्य पालिकाले समेत यस्ता डिजिटल एप्सको सिको गरेर सुरु गरे शिक्षा क्षेत्रमा मात्रै नभएर समग्र क्षेत्रको विकास हुने देखिन्थ्यो ।

मिति २०७९ चैत्र १ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *