श्रीअन्तुमा झापा जिल्लाका उपप्रमुख/उपाध्यक्षहरूको पाँचौं समीक्षा बैठक सम्पन्न

झापा। झापा जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको संजालद्वारा आयोजित पाँचौं समीक्षा बैठक तथा दिगो विकासको लक्ष्य हासिलमा स्थानीय सरकारको भूमिका विषयक छलफल कार्यक्रम वैशाख ४ र ५ गते इलामको सुर्योदय नगरपालिकास्थित पर्यटकीय स्थल श्रीअन्तु मा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संजालका संयोजक तथा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई ले गरेका थिए। झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ वराल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बा र सुर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई विशिष्ट अतिथि रहेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमको मूल उद्देश्य पछिल्लो एक वर्षको कार्यप्रगतिको समिक्षा गर्नुका साथै दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्तिमा स्थानीय सरकारहरूको भूमिकालाई प्रस्ट्याउँदै आगामी नीति तथा कार्यक्रम निर्माणमा साझा दृष्टिकोण तय गर्नु रहेको थियो।

कार्यक्रममा सहभागी झापाका १५ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले दिगो विकास, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धन, उत्पादनमुखी बजेट तथा सुशासनका विषयमा गहन छलफल गर्दै पाँच बुँदे ‘श्रीअन्तु घोषणा पत्र’ जारी गरेका थिए। घोषणापत्रमार्फत स्थानीय तहहरूले संविधान प्रदत्त लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, जलवायु अनुकूलन कार्यक्रमको कार्यान्वयन, कोशी प्रदेश पर्यटन वर्ष २०८२ सँगको सहकार्य, उत्पादनमुखी तथा रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता, र दिगो विकास लक्ष्य प्राप्तिका लागि विज्ञ सहजीकरणमार्फत कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन्।

कार्यक्रमले उपप्रमुख–उपाध्यक्षहरूबीच अनुभव आदानप्रदान, नीति समन्वय, र स्थानीय सरकारबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूको धारणा रहेको छ।

घोषणापत्रमा हस्ताक्षर गर्ने उपप्रमुख तथा उपाध्यक्षहरूमा मेचीनगरकी मिना पोख्रेल उप्रेती, बिर्तामोडका नरेन्द्र प्रसाद संग्रौला, दमककी रेगिना भट्टराई प्रसाई, भद्रपुरकी राधा कार्की, कन्काईकी आशा शर्मा शिवाकोटी, अर्जुनधाराकी खड्गमाया पराजुली, शिवसताक्षीकी नरमाया कार्की, गौरादहकी जलवर्षा राजवंशी, झापा गाउँपालिकाकी अन्जुदेवी थपलिया, बुद्धशान्तिका भवानीप्रसाद खतिवडा, बाह्रदशीकी शान्ता शिवाकोटी खरेल, हल्दिवारीकी लक्ष्मीदेवी मैनाली, कमलकी प्रमिला न्यौपाने तिवारी, गौरीगञ्जकी पुजन न्यौपाने कुँवर, र कचनकवलका नवराज भट्टराई रहनुभएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *