श्रीकृष्ण प्रणामी धर्मका जगतगुरु भोलि झापा आउने

झापा – श्रीकृष्ण प्रणामी धर्मका जगतगुरु अनन्त श्री विभूषित आचार्य श्री कृष्णमणिजी महाराजश्री भोलि झापा आउने हुनु भएको छ। श्रीकृष्ण प्रणामी मन्दिर, भद्रपुर-१ लाहुरे चोकमा भइरहेको सप्ताहव्यापी स्वर्ण महोत्सवको छैटौं दिन उहाँले आशीर्वचन प्रदान गर्ने समितिले जानकारी गराएको छ।

EPIC


श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेतका अनुसार महाराजश्री गुजरात, जामनगरबाट बागडोग्रा एयरपोर्ट हुँदै साँझ ४ बजे नेपाल प्रवेश गर्ने कार्यक्रम रहेको छ। उहाँको स्वागतको लागि स्थानीय भक्तजन तथा सत्संग सेवाका अनुयायीहरू व्यापक तयारीमा जुटेका छन्।
सेवा समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माका अनुसार महाराजश्री भद्रपुरपछि धरान मन्दिरमा आयोजित कार्यक्रममा समेत सहभागी हुनुहुनेछ। धरानमा पनि भक्तजनहरूले भव्य स्वागत गर्ने तयारी गरिरहेका छन्।

EPIC EPIC EPIC


महाराजश्रीको स्वागतका लागि काँकरभिटादेखि स्कटिङसहित कार्यक्रम स्थलसम्म ल्याउने तयारी भइरहेको छ। युवा परिषद्का जिल्ला उपाध्यक्ष उमेश मिश्रले सम्पूर्ण युवालाई स्वागतका लागि जुट्न आह्वान गर्दै परिषद् तयारीमा रहेको जानकारी दिनुभएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *