लाहुरे चोकको प्रणामी मन्दिरमा धार्मिक महोत्सव: प्रचारप्रसारका लागि भव्य बाइक र्‍याली

बनियानी। झापाको भद्रपुर–१ (पृथ्वीनगर-बनियानीको संगम स्थल) स्थित श्रीकृष्ण प्रणामी मन्दिरको ५४ औं वार्षिकोत्सबको अवसरमा धार्मिक महोत्सवको आयोजना हुने भएको छ। आगामी फागुन ३ देखि ९ गते सम्म चल्ने यस महोत्सवको प्रमुख आकर्षण श्रीमत्तारतम ब्रह्मवाणी चर्चा र संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुनेछ।

EPIC

यस कार्यक्रमको प्रचारप्रसार गर्दै आज समितिले बाइक र्‍याली सम्पन्न गरेको छ। र्‍याली लाहुरे चोक स्थित प्रणामी मन्दिरबाट सुरु हुँदै धार्मिक र पर्यटकीय क्षेत्र किच्चकबध, कमलधाप, कचनकवलस्थित बनियानी बजार परिक्रमा गर्दै नेपालकै होचो स्थान कचनकवल स्तम्भ हुँदै पुनः मन्दिरमा पुगेको हो।

EPIC EPIC EPIC


यस महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका प्रमुख धर्माचार्यहरू अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज र आचार्य श्री १०८ सूर्यनारायणदासजी महाराजको दिव्य वाणीले भक्तजनलाई आध्यात्मिक आशीर्वाद प्रदान गर्नेछन्। कार्यक्रमको उद्घाटन मंगलधाम कालिम्पोङका अन्तर्राष्ट्रिय प्रवक्ता गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराजबाट हुनेछ।
नेपालकी प्रथम भागवत वाचिका साध्वी श्री १०८ तारा माताजी र महामति प्राणनाथ संस्कृत विद्यापीठका आचार्य श्री बिमलचन्द्र दाहालको दिव्य वाणी पनि कार्यक्रमका महत्त्वपूर्ण अंश हुनेछ।


यस महोत्सवमा हजारौं भक्तजनहरूको उपस्थितीको अपेक्षा गरिएको छ, जसले धार्मिक र आध्यात्मिक लाभ लिनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट यात्रा गर्दै मन्दिरमा सम्मिलित हुनेछन्।

यो पनि

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *