Search
Close this search box.
Search
Close this search box.

श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेका लोनिया पक्राउ

कपिलवस्तु । आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०७८ असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला पनि तत्काल पहिचान खुलेको थिएन । घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।

EPIC

चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको छ ।

आफ्नी श्रीमतीको हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएका लोनिया ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका-९ डुमरामा फेला पारी पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *