श्रीमतीमाथि जबरजस्ती करणी गर्ने श्रीमानलाई ६ महिना कैद सजाय र एक लाख जरिवाना

जनकपुरधाम। वैवाहिक बलात्कारको मुद्दामा धनुषा जिल्ला अदालतले एक पुरुषलाई ६ महिना कैद सजायसहित पीडितलाई रु. १ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।

न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले विवाहको पहिलो सातामै श्रीमतीमाथि जबरजस्ती करणी गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो। पीडित महिला र प्रतिवादीबीच २०७९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो। वैशाख २१ गते राति करिब साढे ९ बजे श्रीमानले छुरा देखाएर बलजफ्ती करणी गरेको भन्दै पीडितले पछि प्रहरीमा उजुरी दिएकी थिइन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

पीडिताले श्रीमान अन्य महिलासँगको सम्बन्ध लुकाउन आफूलाई धम्की र कुटपिट समेत गर्ने गरेको बयान दिएकी थिइन्। तर, प्रतिवादीले आरोप अस्वीकार गर्दै आपसी सहमतिमा सम्बन्ध बनेको र आफूविरुद्ध झुटा जाहेरी दर्ता भएको दाबी गरेका थिए।

मामिलामा दुवै पक्षका वकिलको बहस, पीडित–प्रतिवादीको बयान, चिकित्सकको बकपत्र र अन्य प्रमाणका आधारमा प्रतिवादीलाई दोषी ठहर गरिएको हो। अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (४) बमोजिम ६ महिना कैद र दफा २२८ बमोजिम क्षतिपूर्ति तिराउने आदेश दिएको छ।

यस मुद्दामा ३६ वटा पेसी चढेपछि अन्तिम फैसला आएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *