पाँचथर — पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा कुकुरले टोकेको विषयमा विवाद हुँदा एक व्यक्तिले कुकुर धनीमाथि खुकुरी प्रहार गरेका छन्।
बुधवार बिहान १० बजे मिक्लाजुङ–३ देवीथान गैरीगाउँका ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी ५४ वर्षीय सन्तकुमार राईकी श्रीमती ४५ वर्षीया चन्द्रमाया मगर (राई)लाई टोकेको थियो।
कुकुरको टोकाइको विषयलाई लिएर दिउँसो ४ः३५ बजे विवाद चुलिएपछि आक्रोशित सन्तकुमारले खुकुरी प्रहार गरी ललितबहादुरको टाउकोमा गम्भीर चोट पुर्याएका हुन्।
टाउकोमा गहिरो चोट लागेका ललितबहादुर अहिले बोल्न नसक्ने अवस्थामा उपचारका लागि झापातर्फ लगिएको छ।
खुकुरीसहित सन्तकुमारलाई प्रहरी चौकी दशमी बजारले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।