श्रीलंकामाथि ५–० को धमाकेदार जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं :  श्रीलंकालाई  ५-० ले हराउँदै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतको गोल्डेन जुब्ली रंगशालामा गएराति भएको खेलमा फराकिलो हार बेहोरेसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो हाफमा १-० ले मात्र अघि रहेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेपछि सहज जित हात पारेको थियो। नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे।
समूह ‘बी’बाट नेपालसँगै भारत पनि सेमिफाइनल पुगेको छ। अब मंगलबार नेपालले समूह विजेताका लागि भारतको सामना गर्नेछ। give me a headline

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *