श्रीलंकाविरुद्ध पहिलो हाफमै नेपालको ४ गोल, सावित्राको ह्याट्रिक

काठमाडौं। एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता बनाएको छ। 

नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। 

EPIC EPIC EPIC EPIC EPIC

तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता राना मगरले हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। 

खेलको २०औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। अनिता बस्नेतले दिएको पासमा सावित्राले डी बक्सभित्रबाट राम्रो फिनिस गरेकी हुन्। 
खेलको ४२औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन्। 

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन्। सबिता राना मगरले बायाँतर्फबाट दिएको बललाई उनले हेडर मार्फत गोलमा परिणत गरेकी हुन्। नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको थियो। नेपालले समुह चरणको अन्तिम खेल बलियो टिम उज्वेकिस्तानसँग खेल्नेछ।
 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *