Search
Close this search box.
Search
Close this search box.

संगै च्याउ टिप्न गएका साथीको ढुंगा फुटाउने औजार प्रयोग गरी हत्या

मोदी गाउँपालिका-२ देउपुरमा एक व्यक्तिले ढुङ्गा फुटाउन प्रयोग हुने फलामको औजार (सब्बल) प्रहार गरी साथीको हत्या गरेका छन्।

जिल्ला प्रहरीका कार्यालय पर्वतका अनुसार ३५ वर्षीय प्रेमबहादुर नेपालीले देउपुरस्थित टापुको सामुदायिक वनमा आइतबार ४० वर्षीय उदय रिजालको हत्या गरेका हुन्। 

EPIC EPIC

आइतबार दिउँसो जंगलमा गम्भीर अवस्थामा फेला परेका रिजाललाई उपचारका लागि पर्वत अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए।

घटनामा घाइते भएका ४० वर्षीय श्रीराम शर्मालाई उपचारका लागि पोखरा पठाइएको छ।  

प्रहरी निरीक्षक जिसीका अनुसार तरुल खोज्ने भन्दै तीनजना सामुदायिक वनमा गएका थिए। नेपालीले रिसिइबीका कारण रिजालको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।

रिजालमाथि सब्बल प्रहार गरेपछि प्रत्यक्षदर्शी शर्मालाई समेत उनले गल प्रहार गरेका थिए। घाइते शर्माले भने भागेर ज्यान जोगाएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको  प्रहरीको भनाइ छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *