Search
Close this search box.
Search
Close this search box.

संजोगको उपचार गर्न क्यारिटासले दियो ५० हजार सहयोग


मेचीनगर।

गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात)को उपचार गराउन नसकिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।
संजोगको उपचारमा चरम आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि क्यारिटासले उपचारका लागि सहयोग गरेको हो ।
क्यारिटास नेपालका कोशी प्रादेशिक कार्यालय दमकका प्रमुख देबेन्द्र पोखरेल र वरिष्ठ कर्मचारी हिमालयन अधिकारीले आज अपराह्न बीएन्डसी हस्पिटलमै पुगेर बिरामीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
उक्त रकम बिरामी संजोगका वुवा राजेन्द्र थापामगर, आमा दिलमाया थापामगर र भिनाजु थमबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो ।
अस्पतालमै छन् संजोग
गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका संयोगलाई सत्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल प्रशासनले संजोगको हालसम्मको उपचारको बक्यौता छ लाखभन्दा धेरै भइसकेको बताउनुभएको छ । हाल संजोग आइसीयु कक्षमै छन् ।
उनको टाउकाको शल्यक्रिया भइसकेको छ ।
मलेसियामा रोजगार गरेर गत वर्ष फर्किदा संजोग विरामी नै थिए । उनको लिभरमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो । घर चलाउनै आर्थिक संकट परेपछि संजोगकी पत्नी लक्ष्मी थापा मगर दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् । उनीहरुको दुई सन्तान छन् । छोरी ९ वर्ष र छोरा ७ वर्षका छन् ।
संजोगका वुवा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । उनी शारीरिक रुपमा अशक्त बनेका छन् । आमा पनि विरामी नै छन् ।
‘घरको आर्थिक अवस्था ज्यादै दयनीय छ,’ संजोगका भिनाजु थमबहादुर तामाङ भन्छन्–‘अहिलेसम्म ऋणपान र आफन्त गुहारेर केही रकम अस्पतालमा डिपोजिट गरेका छौं । अस्पताल व्यवस्थापनले अरु पैसा जम्मा नगरी उपचार अघि बढाउन गाह्रो हुन्छ, छिटो पैसा खोजेर ल्याउनु पर्यो भनिरहेका छन् । हामीसँग पैसा निकाल्ने अब कुनै उपाय बाँकी छैन ।’
संजोगका वुवा राजेन्द्र थापा र र आमा दिलमाया थापाले अस्पताल परिसरमै दुई दिन अघि पत्रकारहरुसँगको भेटमा उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक आह्वान गरेका थिए । आमा दिलमाया थापा मगरले भनेकी थिइन्–‘बुढेशकालको सहारा बन्ला भनेको छोरा बिरामी पर्यो । दया गरेर सहयोग गरिदिए उसको प्राण बच्ने थियो ।’
संजोग बचाउ अभियानमार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । इच्छुक दाताहरुले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नेछन् ।
बैंक खाताको विवरण ः
बैंक ः ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा
खातावालाको नाम ः थमबहादुर तामाङ
खाता नं। ०२३०७०१०१२४९५९

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *