संसद्ले आज केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पास गर्ने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस हुने भएको छ । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पास गरिने भएको छ ।

संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव पेस गर्ने कार्यसूची छ।

EPIC EPIC EPIC EPIC EPIC

आजै बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने पनि संघीय संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

कानुनमन्त्री गुरूङले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस् भनेर प्रस्ताव पेश गर्ने बताइएको छ।

यो विधेयकमा मुलुकी संहितालगायतका कानुन छन् । सरकारले अध्यादेशमार्फत यो कानुन ल्याए पनि लापरवाहीका कारण निष्क्रिय भएको थियो । त्यही कानुनलाई सरकारले पुनः ल्याउन लागेको हो । यही कानुन नभएका कारण सरकारलाई मिटरब्याज समस्या समाधान गर्न गाह्रो भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *