संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं।  काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले लोकान्तरलाई बताए । 

EPIC EPIC EPIC EPIC EPIC

पक्राउ पर्नेमा प्राध्यापक विजयबाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थी समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा छन् ।

असार २४ मा बिहान साढे ९ बजेतिर संसद् भवनमा खसेको अवस्थामा ड्रोन भेटिएको थियो । निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे संसद्‌मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुरा उठाएका थिए ।

टेकस्पायर कलेजले विद्यार्थीहरूलाई ड्रोन निर्माण गर्ने टास्क दिएको र सो ड्रोन परीक्षणको क्रममा संसद् भवनमा खसेको अनुसन्धानबाट खुलेको छ । 

असार २३ मा राति परीक्षण गर्दा सिग्नल लस्ट भएर सो ड्रोन खसेको विद्यार्थीहरूले प्रहरीलाई जानकारी गराएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *