भोजपुरको पौवादुङमा गाउपालिकाका शारिरिक रुपमा असक्त तथा असाहय नागरिकले घरमानै नागरिकता पाएका छन । नागरिकता नहुदा राज्यबाट पाउने सेवा सुबिधाबाट टाढा रहेका उनिहरुलाइ गाँउपालिकाको पहलमा जिल्ला प्रमुखको टोलिले घरमानै पुगेर नागरिकता दिएका थिए ।
गाँउपालिका ६ ठुलो दुम्माका अरुणराज राई वडा न ४ बास्तिमका तेजकुमार राइ र सोहि ठाँउकी आसमाया राइलाइ घरमानै पुगेर नागरिकता दिएको हो । जिल्ला न्यायधिस मनिराम न्यौपाने ,गाँउपालिका अध्यक्ष किरण राइ ,जिल्ला प्रमुख अधिकारि हरि प्रसाद घिमिरे ,जिल्ला प्रहरि कार्यलय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रि ,सशस्त्र प्रहरिबलका टक्सार गुल्मका प्रमुख दिनेश श्रेष्ठ , सहायक प्रमुख जिल्ला अधिकारि राजु शर्मा ,गाँउपालिकाका प्रशासकिय अधिकृत नबिन भट्टराई लगाएत अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा नागरिकता वितरण गरिएको हो ।