झापा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रबाट सखुवा जातको काठबाट बनेको चौकट, झ्यालको पल्लासहित २ व्यक्ति पक्राउ परेका छन् ।
शनिश्चरे प्रहरी चौकीबाट खटिएको टोलीले अर्जुनधारा ५ स्थित ओमचोकबाट उक्त परिमाणको घर निर्माणमा प्रयोग हुने सखुवाको चौकट र पल्ला बरामद गरेको हो ।
प्रहरीले मे. १ च २९५० नम्बरको म्याजिक भेनमा परालले छोपेर लैजाँदै गरेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चौकटसँगै भेनका चालक बुद्धशान्ति २ जयपुरका कुमार बोहोरा र सहचालक बालकृष्ण गौचनसहित भेनलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमार्फत डिभिजन वन कार्यालय सुरुंगामा बुझाइएको जिप्रका झापाका डिएसपी वसन्त पाठकले बताएको न्युज सञ्जाल ले उल्लेख गरेको छ ।