काठमाडौं । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ छन् ।
काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए ।
उनले सडकमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो ‘भाइरल’ भएको थियो ।