Search
Close this search box.
Search
Close this search box.

सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला

दिलमाया शाही

जुम्ला । जुम्ला सडक अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । जुम्ला बजारमा मनपरी रूपमा सडक अतिक्रमण बढ्न थालेपछि सरोकारवालाहरूले अभियान थालेका हुन् । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो ।

EPIC

बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटेललगायतका संरचना भत्काउन थालिएको हो । सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियानअन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका छन् । जसअन्तर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।

जुम्लामा यसअघि सडक अतिक्रमण हटाउने बहस सुरु भएको थियो । मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम सुरु भएको नागरिक अगुवा राज बहादुर महतले बताए । उनले भने, ‘वर्षौ पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहसदेखि सडक चक्काजाम गर्‍यौ तर सफल भएनौं । अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो, प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान सुरु भएको छ । आम नागरिक खुसी छौं । सम्मान रूपले सडक अतिक्रमण हटाउन सबै जुट्नु पर्छ ।’

मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा जथाभाबी रूपमा राखिएका निर्माण सामाग्री फालिएको छ । भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिकबाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनु पर्ने हो ।

त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटेल बनेका छन् । त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एक हप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ ।

यसअघि अतिक्रमण हटाउने निर्णय भए पनि कार्यान्वयन हुनसकेको थिए । जुम्ला बजारमात्रै नभई तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँ सम्म पुराइने सडक डिभिजनले जनाएको छ ।

त्यस्तै प्रमुख जिल्ला विजयाकुमारी प्रसाईंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभई अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताइन् । उनले भनिन्, ‘सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो ।’

सडक डिभिजन जुम्लाले पटक-पटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरे पनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन ।

अतिक्रमण बजारभन्दा गाउँमा बढी भएकोले अभियान गाउँ केन्द्रित हुनुपर्ने बताइएको छ ।

निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमित सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने तथा त्यसबाट पर्न जाने क्षति प्रति कार्यालय जबाफदेही नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्चसमेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने चेतावनी दिइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *