सडक अवरुद्ध भएर दमकल समयमा नपुग्दा मेचीनगरमा एक घर जलेर नष्ट


मेचीनगर– बाटो अवरोधका कारण समयमै दमकल नपुग्दा मेचीनगर–९ कमलचोकका मणिराज अधिकारीको घर जलेर खरानी भएको छ। सोमबार बिहान करिब ८:२० बजे विद्युत सर्ट सर्किटबाट सुरु भएको आगोले उनको दुई तले घरलाई एक घण्टाभित्रै निल्यो।

अधिकारीको घरमा आगो लाग्दा स्थानीयले तुरुन्तै दमकललाई खबर गरे पनि, धुलाबारी चोकदेखि उत्तरतर्फ सहिद मार्गमा भइरहेको सडक निर्माणले गर्दा दमकल घटनास्थलसम्म समयमा पुग्न सकेन। पाँच किलोमिटर ४७० मिटर लम्बाइको सडक धमाधम निर्माण भइरहेकाले सहायक सडकहरू समेत पूर्णरूपमा बन्द छन्। निर्माण सामाग्री बिच सडकमा थुपारिएकाले सवारी साधन छिर्न सक्ने अवस्था छैन।

EPIC EPIC EPIC EPIC EPIC

यसै कारण दमकल घटनास्थल पुग्दा घर पहिल्यै जलेर खरानी भइसकेको थियो। आक्रोशित स्थानीयले ढिलो आइपुगेको भन्दै दमकललाई लखेटेका थिए।

नगरपालिकाको कार्यालयबाट मात्र पाँच किलोमिटर दूरीमा रहेको स्थानमा पनि समयमै दमकल नपुग्नु मेचीनगर नगरपालिकाको विपद् व्यवस्थापन प्रणालीप्रति गम्भीर प्रश्न उठाउँछ।

प्रहरीका अनुसार अधिकारीको घरको पहिलो तलामा इँटाको गारो थियो भने दोस्रो तलामा काठ र टिनले बनाइएको छानो थियो। आगलागीबाट सम्पूर्ण घर, भित्र रहेका लत्ता कपडा, फर्निचर र अन्य सामग्री पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाले आगलागीबाट झण्डै १० लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *