Search
Close this search box.
Search
Close this search box.

सडक किनारमा राखिएको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा श्रेष्ठको मृत्यु

लमजुङ। लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरदह नपा- ५, बालुवाथान घर भइ हाल बेसीशहर नपा- ८ शेरामा  बस्दै आएका २३ बर्षिय मनिष श्रेष्ठ रहेका छन् ।

गएराती पौने १२ बजे श्रेष्ठले चलाएको ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल बेसीशहर नपा-७ गैरीधारा नजिकै रोकिरहेको ग २ त ३८४२ नम्बरको टयाक्टरमा ठोक्किन पुगी दुर्घटना हुँदा उनी गम्भिर घाइते भएका थिए ।

EPIC

टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागी लमजुङ अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा रातको १२ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

घट्नाबारे थप अनुसन्धान भैरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

उनी कामको सिलसिलामा बाबु आमा सँग लमजुङ आएपनि पछिल्लो समय आफनो दिदिसँग बेसीशहर नपा- ८ शेरामा कोठा भाडामा बस्दै आएका थिए ।

श्रेष्ठको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *