झापा । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा झापाको सतासी बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ ।
‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ भन्ने मुल नारामा साथमा मनाइएको सहकारी दिवसमा प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेश इनरुवा सुन्सरीले कोशी प्रदेशको बहुउद्देश्यीय सहकारी बिधा तर्फ उत्कृष्ट सहकारीमा झापाको सतासी बहुउद्देश्यीय सहकारी लाई छनोट गरि सम्मान गरेको हो ।
