Search
Close this search box.
Search
Close this search box.

सन्थाल समुदायका सोरेन र हाँस्दाले ल्याए एसइईमा उत्कृष्ट नतिजा

यस वर्षको एसइई परीक्षामा सीमान्तकृत सन्थाल समुदायका विद्यार्थीहरूले पनि राम्रो नतिजा ल्याएका छन् । झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माविका छात्र टेकनाथ सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसइईकै इतिहासमा उच्च अंक ल्याएका छन् । २०६४ साउन ३० गते जन्मिएका सोरेनले २०८० को एसइईमा ३.८२ जिपिए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए । सोरेन विद्यालयका अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी भएको कटुवालले बताए । बाह्रदशी–६ डाँगीवारिका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेतीपाती र अर्काको ज्यालादारीमा काम गर्दै आएका छन् ।

त्यस्तै गौरीगञ्ज गाउँपालिकाभित्रका ४ वटा सामुदायिक विद्यालयमध्ये खजुरगाछी माविकी पार्वती हाँस्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् । उनले यस वर्षको एसइई परीक्षामा ३.५१ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउन सफल भएकी हुन् । झापा, मोरङ र सुनसरीमा बसोबास रहँदै आएको सन्थाल समुदायको २०७८ को जनगणनाअनुसार ५७ हजार ३१० जनसङ्ख्या रहेको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *