पटक पटक पेसी सर्दै आएको क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दाको आजका लागि अर्को पेसी तोकिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दा बिचाराधिन छ ।
यसअघि गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन मार्फत सुनुवाइ स्थगन गराएका थिए ।
गत वनेपाल फर्किनेक्रममा उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।
लामिछानेलाई २०७९ साल पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरेको थियो ।